नियम
कानूनी सहायता बापतको खर्च सोध भर्ना व्यहोर्नु पर्ने

(१) कुनै व्यक्तिले कानूनी सहायता प्राप्त गरेको कारणबाट कुनै सम्पत्ति वा आर्थिक लाभ प्राप्त गरेमा त्यस्तो व्यक्तिले निजलाई कानूनी सहायता उपलब्ध गराउने क्रममा सम्बन्धित समितिले गरेको खर्चको सोध भर्ना ब्यहोर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले गरेको खर्चको सोध भर्ना गराउ“दा निजले प्राप्त गरेको कुल सम्पत्ति वा आर्थिक लाभको दश प्रतिशतको दरले हुन आउने रकम सोध भर्ना गराईनेछ ।